१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजारले घट्यो


0
Shares

काठमाडौं । पछिल्ले डेढ महिनाको अवधिमा बजारमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको हो ।

गत साउन २३ मा एक लाख ३ हजार पाँच सय पुगेको सुनको मूल्य घटेर हिजो तोलामा १० हजार चार सय रुपैयाँ घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

लामो समयदेखि लगातार उकालो लागेको सुनको मूल्य पछिल्लो समय क्रमिक रुपमा घट्न थालेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री हुन थालेपछि मूल्य घट्न गएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको बिक्री ह्वात्तै बढेकाले डेढ महिनामा तोलामा १० हजार रुपैयाँ घटेको हो ।

पछिल्लो समय सुन बिक्री गर्ने धेरै भएकाले मूल्य क्रमिक रुपमा गिरावट आएकाले आगामी दिनमा अझै घट्ने देखिएको शाक्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घट्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

कोराना भाइरसको कारणले लगातार बढेको सुनको मूल्य पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बिक्री बढी हुन थालेपछि क्रमिक रुपमा घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।