१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विराटनगरका धारामा धमिलो र लेदो पानी, बिरामी पर्ने डरले पिउँदैनन् उपभोक्ता


0
Shares

विराटनगर । नेपाल खानेपानी संस्थानले विराटनगरमा वितरण गरेको पानी उपभोक्ता पिउन मान्दैनन् ।

संस्थानको पानी निर्धक्क साथ पिउन योग्य नभएकाले पिउन प्रयोग नगरेको उपभोक्ताहरु बताउँछन् ।

नेपाल खानेपानी संस्थानले विराटनगरमा १२ हजार घरधुरीमा धारा जडान गरेको छ ।

तर खानेपानी संस्थान विराटनगरले पञ्चायत कालमै बिच्छ्याएको पाइपलाइनबाट अझै खानेपानी वितरण गरिरहेको छ ।

पुराना र जीर्ण पाइपलाइनका कारण जुनसुकै बेला पाइप फुट्ने र ढलको पानी पस्ने गरेको छ ।

यतिमात्रै नभइ पानीमा अत्यधिक आइरन भएका कारण धाराबाट धमिलो पानी र लेदो आउने गरेको छ ।

त्यसैले उपभोक्ताले चौपायालाई खुवाउने र घरायसी सरसफाइ प्रयोजनका लागि मात्रै संस्थानको पानी प्रयोग गर्दै आएका छन् ।

शुद्ध पानी वितरण गरेको विश्वास नभएकाले संस्थानको पानी पिउनका लागि प्रयोग नगरेको उपभोक्ताको भनाइ छ ।

५ वर्ष पहिले विराटनगरमा खानेपानी संस्थानकै पानीका कारण जण्डिस फैलिएको आरोप लागेपछि विराटनगरवासीले धाराको पानी पिउन छाडेका हुन् ।

त्यसबेला जण्डिसबाट १२ जनाको मृत्यु भएको थियो । शुद्ध खानेपानीका लागि पुराना पाइप फेर्ने, फिल्टरको व्यवस्था गर्नेलगायतका कुनै पनि सुधारको काम संस्थानले अझै सुरु गरेको छैन ।

खानेपानी सुधारका लागि संस्थानले हेलचक्र्याँई गरेका कारण ५ वर्ष पहिलेकै महामारी फेरि पनि फैलने डर उपभोक्तालाई छ ।

संस्थानको पानी सफा देखिए पनि बोतलमा राख्दा मसिना धुलोका कणहरू देखिने गरेको उपभोक्ताको गुनासो छ ।

पानीमा भएको अत्याधिक आइरनलाई हटाउन अनिवार्य फिल्टर गर्नुपर्ने हुन्छ ।

तर सरकारले पानी फिल्टरका लागि बजेटको व्यवस्था नगरेका कारण तत्कालै फिल्टर जडान गर्ने अवस्था नभएको खानेपानी संस्थानका कार्यालय प्रमुख शैलेन्द्र साहको भनाइ छ ।

पुरानो पाइपलाइन विस्थापित गर्न अत्यावश्यक भएपनि बजेट अभावका कारण पाइपलाइन फेर्न समस्या भएको साहको भनाइ छ ।

खानेपानी संस्थानले वितरण गरेको पानी पिउन योग्य रहेको र गुणस्तर परीक्षण गरेर मात्रै उपभोक्ताको धारामा पठाउने गरेका कारण पानी दुषित नभएको उहाँको दाबी छ ।

संस्थानले गुणस्तरीय पानी वितरण नगर्दा घरमा धारा जडान गरेर पनि खानेपानीका लागि वैकल्पिक स्रोत खोज्न विराटनगरका उपभोक्ता बाध्य छन् ।

संस्थानको लापरवाही