१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संघीय र प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन हुन्छः मन्त्री आङबो


0
Shares

पाँचथर । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री, नेकपाका केन्द्रिय सदस्य इन्द्रबहादुर आङबो मौसमले संघीय र प्रदेश सरकारको मन्त्रिपरिषद पुनर्गठन हुने बताउनुभएको छ ।

पाँचथरको फिदिममा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आङबोले उत्कृष्ट कार्य गर्ने मन्त्री रहिरहन सक्ने र केही नयाँ मन्त्रीहरु थपघट गरी मन्त्रिपरिषद पुनर्गठन हुन सक्ने बताउनु भएको हो ।

फरक प्रसंगमा उहाँले भर्खर आफनो कार्यकाल सकेर बिदाई भएका विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई सरकारले चाँडै पुर्ननियुक्ति गर्न सक्ने बताउनुभयो ।

उहाँले कोभिड १९ को कारण सरकारले लक्ष्य लिए अनुरुपको राजस्व संकलन हुन नसकेको बताउँदै यसले अर्थतन्त्रमा केही असहजता सिर्जना गरेपनि विस्तारै सहज बन्दै जाने बताउनुभयो ।