१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्युत् प्राधिकरणको जीप बगाउँदा बेपत्ता भएका पौडेलको शव फेला


0
Shares

कपिलवस्तु, असोज ९ । कपिलवस्तुमा नेपाल विद्युत् प्राधिकरणको जीप खोलाले बगाउँदा बेपत्ता भएका कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलको शव शुक्रबार फेलापरेको छ ।

कपिलवस्तुको बनगाइडोहोटे सडकखन्डअन्तर्गत् कोइलीखोलास्थित कजवे पुलमा विद्युत् वितरण केन्द्र फ्यूज सेवा गजहेडाका कार्यालय प्रमुखसहितका कर्मचारी सवार पजेरो जीप गएको बुधबार खोलाले बगाएको थियो ।

जीप खोलाले बगाउँदा दुईजनाको शव त्यही दिन फेलापरेपनि पौडेलको शव करिब १० किलोमिटर तल कपिलवस्तु नगरपालिका-६, सग्रहवामा तीन दिनपछि फेलापरेको हो ।

विद्युत्को काम सकाएर कार्यालय फर्कंदै गरेको प्राधिकरणको जीप खोलाले बगाएको थियो ।