
काठमाडौं, असोज ९ । लोकसेवा आयोगले कोरोनाभाइरसका कारणले स्थगित परीक्षा सञ्चालन गर्ने भएको छ ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालनका लागि शाखा अधिकृत र नायब सुब्बाको परीक्षाको कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिनुभयो ।
उहाँकाअनुसार आयोगले न्याय सेवातर्फको लिखित परीक्षा र प्रथम चरणको लिखित परीक्षा सकिसकेका दोस्रो चरणका लिखित परीक्षा सञ्चालनको कार्यतालिका प्रकाशन गरेको हो ।
आयोगले न्याय आगामी कात्तिक १८ देखि र प्रशासनतर्फ दोस्रो चरणको परीक्षा कात्तिक २३ गतेदेखि सञ्चालन हुनेगरी परीक्षा कार्यतालिका सार्वजनिक गरेको छ ।
यस्तै, नासुसरहका दोस्रो चरणको परीक्षा आागामी मंसिर ७ गतेदेखि सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
न्यायको प्रथम चरणको परीक्षा नै भएको थिएन भने परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद सेवातर्फको खुला परीक्षाको प्रथम चरणको परीक्षा सम्पन्न भइसकेको थियो ।
आयोगले कोभिड–१९ का कारणले गत चैत ११ गतेदेखियताका सबै लिखित परीक्षा स्थगन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्