२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मृत्युपछि कोरोना पुष्टि, बैतडीमा कोरोनाबाट पहिलो मृत्यु


0
Shares

coronavirus

बैतडी, असोज १० । बैतडीमा कोरोनाभाइरस संक्रमणका कारण एकजनाको मृत्यु भएको छ ।

भारतको बैंग्लोरबाट फर्केर घर जाँदै गरेका बेला शुक्रबार पुर्चौडीको लामाधारमा मृत भेटिएका युवकमा कोरोना पुष्टि भएको हो ।

शनिबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पुर्चौडी नगरपालिका–३ का ३५ वर्षीय मृतक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

पाँच दिनअगाडि बैंग्लोरबाट हिँडेका युवक बिहीबार कैलालीको गौरीफन्टा नाकाबाट नेपाल भित्रिएको बताइएको छ ।

बैतडीमा कोरोनाका कारण मृत्यु हुने उनी पहिलो हुन् । बैतडीमा हालसम्म ४०२ जनामा संक्रमण पुष्टि भएको छ ।