२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बलिउड अभिनेत्रीहरुसित ‘एनसीबी’को सोधपुछ


0
Shares

काठमाडौं, असोज १० । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युसँग सम्बन्धित अनुसन्धानकाक्रममा अभिनेत्रीहरुसित सोधपुछ गरिएको छ ।

शनिबार अभिनेत्रीहरु दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपुरसँग त्यहाँको मादकपदार्थ नियन्त्रण ब्यूरो (एनसीबी)ले सोधपुछ गरेको हो ।

यसअघि, शुक्रबार अर्की अभिनेत्री रकुलप्रीत सिंहसहितसित सोधपुछ गरिएको थियो ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई लागुऔषध मामलामा पक्राउ गरिएपछि बलिउडमा एकाएक नयाँ सनसनी बाहिर आउँदै गएको हो ।

गत महिना सुशान्तका लागि लागुपदार्थ किनेको आरोपमा उनकी प्रेमिका रिया पक्राउ परेकी थिइन् । तर, उनले आरोप अस्वीकार गर्दै आएकी छन् ।

गत जुनमा मुम्बईको फ्ल्याटमा ३४ वर्षीय सुशान्त मृत अवस्थामा फेलापरेका थिए । प्रहरीले त्यसबेला उनले आत्महत्या गरेको बताएको थियो ।

तर, परिवारले रियाविरुद्ध आत्महत्या र अन्य अपराधमा संलग्न रहेको आरोप लगाउँदै उजुरी दर्ता गरेपछि घटनाले नयाँ मोड लिँदै गएको छ ।

घटनाका सम्बन्धमा तीनओटा संघीय निकायहरुले अनुसन्धान गरिरहेका छन् ।