१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


कोरोना संक्रमणका कारण झापा र अछाममा दुई पुरुषको मृत्यु


0
Shares

झापा/अछाम । कोरोना संक्रमणका कारण विभिन्न अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।

झापाको कनकाई नगरपालिका–९ निवासी ४४ वर्षीय पुरुषको उपचाका क्रममा मृत्यु भएको हो ।

पीसीआर परीक्षणपछि रिपोर्ट आएकै दिन उनको गएराति मृत्यु भएको कनकाई नगरपालिका–९ का वडाअध्यक्ष प्रेम राजवंशीले बताउनुभयो ।

झापामा योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यसैगरी अछामको बान्नीगढी जयगढ गाउँपालिका– ३ बर्दादेवीका ३४ वर्षीय पुरुषको पनि गएराति जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ । उनी भाद्र २५ गते भारतबाट अछाम पुगेका थिए ।