१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सरकारले पूर्वपश्चिम रेलमार्ग बनाएरै छाड्ने मन्त्री नेम्वाङको दावी


0
Shares

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री बसन्त कुमार नेम्वाङले पूर्वपश्चिम रेलमार्ग बनाउने दावी गर्नुभएको छ ।

गृहजिल्ला पाँचथर आइपुग्नु भएका मन्त्री नेम्बाङले पत्रकार सम्मेलनमा सरकारले रेलमार्ग बनाएरै छोड्ने दावी गर्नुभएको हो ।

स्रोत साधान नेपालमा नभए पनि सहयोग लिएर नेपालमा पूर्वपश्चिम रेलमार्ग बनाएरै छोड्ने उहाँको भनाइ छ ।

अर्को प्रसंगमा उहाँले समयमा काम गर्न नसक्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने चेतावनीसमेत दिनुभएको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरुलाई नागरिकको इच्छा चाहना अनुरुप काम गर्न निर्देशन दिँदै उहाँले अबको ५ वर्षभित्र मुलुकमा फुसको छानो मुक्त मुलुक बनाउन जनता आवास कार्यक्रममार्फत अति विपन्न परिवारलाई घर निर्माण गर्न लागेको बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले अहिलेसम्म ३२ प्रतिशत भौतिक प्रगति गरिसक्नुपर्ने भएपनि ७ प्रतिशत मात्रै गरेको मन्त्री नेम्बाङले जानकारी दिनुभयो ।