१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


काँचो किवी बजारमा नलैजान कृषि ज्ञान केन्द्र इलामको निर्देशन


0
Shares

इलाम । काँचो किवी गुणस्तरीय नहुने भन्दै यसलाई बजारमा लैजान बन्द गर्न कृषि ज्ञान केन्द्रले इलामले सूचना निकालेर निर्देशन दिएको छ ।

कात्तिक महिनाको अन्त्यतिर मात्रै टिप्न उपयुक्त हुने किवी अहिले नै बजारमा आउन थालेको छ ।

यति बेलाको किवीमा गुलियोपना नहुने भएकाले तत्काल बजारमा निकाल्न बन्द गर्नुपर्ने कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख टोनी बर्देवाले बताउनुभयो ।

जिल्लामा किवी खेती फस्टाएको र प्रतिबोट करिव दुई सय किलोसम्म उत्पादन हुन्छ ।

विषादीको प्रयोग नगरी पाकेको किवीलाई ‘रिफ्याक्ट्रोमिटर’ले नाप्दा ७ देखि ९ प्रतिशत गुलियोपना हुनुपर्छ ।

यसलाई मात्र पोषण तत्व पर्याप्त भएको खानयोग्य किवी मानिने किवी विज्ञहरु बताउँछन् ।

इलाम किवी खेतीका लागि योग्य जिल्ला भएकाले किवी जोन कार्यक्रम सञ्चालन भइरहेको छ ।