९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्रयोगकर्ताले करिब ८ घण्टा समस्या झेलेपछि फेसबुकले खेद प्रकट गर्‍यो


0
Shares

काठमाडौं, असार १९ । सोसल मिडिया एप्स फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप बुधबार रातिदेखि करिब आठ घण्टासम्म आंशिक रुपमा मात्र सञ्चालन भएका थिए । बिहीबार बिहान फेसबुकले ती समस्या समाधान भएको जनाएको छ ।

ती एप्समा तस्वीर र भिडियो पोस्ट गर्नमा समस्या देखिएको थियो । पोस्ट गरेका भिडियो तथा तस्वीरको आकारमात्र देखिने, नखुल्ने लगायतका समस्या भएको हो ।

प्रयोगकर्ताहरुका अनुसार फेसबुकमा केही तस्वीर, भिडियो तथा अन्य डाटा एक्सेसमा समस्या भएको थियो । समस्या सिर्जना भएलगत्तै फेसबुकले ट्वीट गरेर समस्याबारे जानकारी भएको र यसको समाधानका लागि काम गरिरहेको जनाएको थियो ।

करिब ८ घण्टापछि फेसबुकले अर्को ट्वीट गर्दै समस्या समाधान गरिएको जानकारी दिएको छ । ‘समस्या समाधान गरिएको छ, हामी कुनै प्रकारको असुविधाका लागि खेद प्रकट गर्दछौं ।’

एक वर्ष यता, फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा यस प्रकारका समस्या पटक पटक देखा पर्दै आएको छ । (एजेन्सी)