
पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई तत्काल कारवाही गर्ने बताउनु भएको छ ।
गृहजिल्ला पाँचथर पुग्नु भएका मन्त्री नेम्वाङले ब्यान्डमिन्टन संघ पाँचथरको हल उद्घाटन गर्दै कुनै पनि बहानामा काममा ढिलासुस्ती गर्न नपाउने बताउनुभयो ।
सरकारले कवोल गरे अनुसारको रकम दिएपनि समयमा काम नगर्ने निर्माण व्यवसायीलाई अब कारवाही गर्न पछि नपर्ने उहाँको भनाइ छ ।
मन्त्री नेम्बाङले खेलुकुद क्षेत्रको विकासको निम्ति राष्ट्रका लागि खेलकुद र सबैका लागि खेलकुदको नारालाई आत्मसात गर्दै राज्य अघि बढ्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्