
काठमाडौं । ठमेलमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारीले तलब भत्ता तथा संचयकोष अन्तर्गतको रकम हालसम्म नपाएको गुनासो गरेका छन् ।
नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. (नेको नेपाल) द्वारा संचालित अस्पतालमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मार्फत बारम्वार व्यवस्थापनसँग तलब भत्तालगायतको माग गरिए पनि सुनुवाइ नभएको कर्मचारीहरुले बताएका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै माग पुरा गराउन दबाब दिने उद्देश्यले रिले अनसन सुरु गरेको जनाइएको छ ।
संयुक्त संघर्ष समितिका तर्फबाट प्रकाश गुरुङ्गद्वारा जारी विज्ञप्तिमा भनिएको छ–’व्यवस्थापनका आदर्शका कुराले भोका मजदुरका पेट भर्न नसकिने हुँदा संस्थाको स्थायित्व र आफ्नो अधिकारको निमित्त हामीले रिले अनसन जस्तो कठोर निर्णय लिन वाध्य भएका छौ । हिजो मिति २०७७/६/११ गते साँझ ४ बजे देखी सुरु भएको अनसन हाम्रो संयुक्त संघर्ष समितिका सदस्य मुकुन्द अधिकारी र प्रमोद यादवले सुरुवात गर्नुभएको छ भने आज करुणा धिताल र शोभा आचार्य रिले अनसनमा हुनुहुन्छ ।’
मिति २०७७/०६/१२
प्रेस विज्ञप्ती ।
नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. (नेको नेपाल) द्वारा संचालित यस मनमोहन मेमोरियल सामुदायिक अस्पताल, ठमेलमा विगत लामो समय देखि कर्मचारीले पाउनुपर्ने तलब भत्ता, संचयकोष लगायतका रकम हालसम्म पनि नपाएको कुरा जानकारी गराउन चाहन्छौं । यही कुरा कर्मचारीहरुले कहिले व्यक्तिगत रुपमा त कहिले संस्थामा कर्मचारीहरुको नेतृत्व गरिरहेको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको मार्फत वाट बारम्वार व्यवस्थापन समक्ष राख्दैं आएका छौं ।
समस्याको समाधानका निमित्त पटक–पटक अस्पताल व्यवस्थापन, नेको नेपाल व्यवस्थापन, अस्पताल प्रशासन संग छलफल पनि भएको छ तर हरेक पटक समस्या सुनाउने र आश्वासन बटुल्ने बाहेक केहि भएन । पछिल्लो पटक पनि नेको नेपालका अध्यक्षलाई आफुले पाउनुपर्ने तलब भत्ताको पहल गरिदिनु हुन सम्पूर्ण कर्मचारीहरुले संयुक्त रुपमा लिखित अनुरोध समेत गरेका थियौं । साथै पटक–पटक लिखित एंव मौखिक रुपमा आफ्ना समस्याको समाधानको लािग आवाज उठाएका थियौं । यस भन्दा अगाडि कर्मचारी यूनियनको नेतृत्वमा अस्पताल प्रशासन कक्षमा धर्ना कार्यक्रम राखेकोमा नेको नेपालका पदाधिकारीहरुको अनुरोधमा छिट्टै समस्या हल गर्ने सर्तमा सो धर्ना कार्यक्रम स्थगित गरेका थियौं । त्यसै गरी नेको नेपाल र कर्मचारी यूनियनका प्रतिनिधिबीच २०७७/०६/०६ गते का दिन वार्ता भएकोमा कर्मचारीहरुको समस्याको बारेमा गर्ने समाधान निकाल्नुको सट्टा अस्पताल बन्द गर्ने, बच्ने वा स्थानान्तरण लगायतका कुरामा मात्र छलफल भएको जानकारी प्राप्त भएको छ । सकारात्मक निर्णयको लागि हामी कर्मचारीहरुले लामो समय देखि धैर्यताका साथ कुरे कै हो ।
मिति २०७७/०६/०९ गते पनि अस्पताल कसरी संचालन गने भन्ने विषयमा अस्पताल निर्देशक, कर्मचारी यूनियन र कर्मचारी विच सौहाद्रताका साथ निर्देशक, कर्मचारी यूनियन र कर्मचारी विच सौहाद्रताका साथ छलफल भएको थियो तर मिति २०७७/०६/१० गते अस्पतालमा कार्यरत केहि स्वास्थ्यकर्मी तथा कर्मचारीले आफूले काम गरीसकेको ज्याला माग गरेको र अब पैसा नपाए काम गर्न नसक्ने समस्या राख्दा कर्मचारीलाई सम्झाई बुझाई काममा लगाउनुको सट्टा अस्पतलमा भएका विरामीलाई अस्पतालका निर्देशक डा. जिवनेश्वर लाल झा ले फोन मार्फत रिफर गर्न निर्देशन दिनुभएको छ । यसरी कर्मचारीलाई आफ्ना अधिकारको कुरा गर्दा घरी अस्पताल बन्द गर्ने, घरी अस्पताल सार्ने, घरी विरामी रिफर गर्ने गरेकाले हामी आज यो घडिमा आउन बाध्य भएका छौ । व्यवस्थापनका आदर्शका कुराले भोका मजदुरका पेट भर्न नसकिने हुँदा संस्थाको स्थायित्व र आफ्नो अधिकारको निमित्त हामीले रिले अनसन जस्तो कठोर निर्णय लिन वाध्य भएका छौ ।
हिजो मिति २०७७/६/११ गते साँझ ४ बजे देखी सुरु भएको अनसन हाम्रो संयुक्त संघर्ष समितिका सदस्य मुकुन्द अधिकारी र प्रमोद यादवले सुरुवात गर्नुभएको छ भने आज करुणा धिताल र शोभा आचार्य रिले अनसनमा हुनुहुन्छ । हाम्रो यो आन्दोलनलाई मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा कर्मचारीको नेतृत्व गर्दै निरन्तर श्रमिकका हकका निम्ति लडिरहेको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले एकबद्धता जनाउँदै परिआएको खण्डमा यस आन्दोलनको नेतृत्व समेत गर्ने प्रतिबद्धता जनाएकोे छ । हाम्रा सम्पूर्ण सेवाग्राहीलाई के जानकारी गराउन चाहन्छौ भने यो असहज परिस्थितीमा पनि कर्मचारीको तर्फबाट दिनुपर्ने सम्पूर्ण सेवा खुल्ला रहेको छ । सेवाग्राहीको स्वास्थ्य सेवा पाउनु पर्ने नैसर्गिक अधिकारको सम्मान गर्दै र आफ्नो कर्तव्य पुरा गर्दै आ–आफ्नो डयुटि रोष्टर अनुसार सेवा दिइरहेको जानकारी अहिले समयसम्म पनि संस्थाको तर्फबाट कुनै रेस्पोन्स नआएको जानकारी समेत गराउदछौ । समस्याको समाधान नभए सम्म यो अनसन जारी रहनेछ । धन्यवाद ।
प्रकाश गुरुङ्ग
९८४११६८३१४
संयुक्त संघर्ष समिति
मनमोहन मेमोरियल सामुदायिक अस्पताल
प्रतिक्रिया दिनुहोस्