
web
हेटौंडा । हेटौंडा उपमहानगर–८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा रहेको महाशक्ति सोप उद्योगमा आगलागी भएको छ ।
आज बिहान विद्युुत् आपूर्ति गडबड हुँदा उद्योगको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट उद्योगको केमिकल तथा अन्य सामग्री गरी करिब ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुममान गरिएको प्रवक्ता रानाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्