
काठमाडौं । महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले प्रहरी र नागरिक एक सिक्काका दुई पाटा भएको बताउनुभएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित वाटिका तथा पुननिर्मित अमर प्रहरी स्मारकको उद्घाटन गर्दै उहाँले आम नागरिकको हक अधिकारको सुरक्षा गर्नु नै प्रहरीको सफलता भएको बताउनुभयो ।
राज्यद्वारा निर्देशित कतिपय काममा कर्तव्य पालना गर्दै गर्दा प्रहरीले आलोचनात्मक पनि हुनुपरेको भन्दै उहाँले प्रहरी र नागरिकबीचका साना तिना कमी कमजोरीहरु सच्याउँदै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
महानगरीय प्रहरी परिसर ललितपुर प्रमुख टेकप्रसाद राईले अमर प्रहरीहरुको सम्झनाका लागि बनाइएको स्मारकले अहोरत्र खट्ने प्रहरीलाई हौसला तथा प्रात्सोहन मिल्ने बताउनुभयो ।
कार्यक्रममा अमर प्रहरीहरुको सम्झनामा माल्यार्पण तथा शलामी दिइएको थियो भने स्मारक निर्माण कार्यमा विशेष योगदान पु¥याउने व्यक्तित्वहरुलाई प्रशंसा पत्रसमेत प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्