
धनगढीको दृष्य । फाइल तस्वीर ।
कैलाली, असोज १२ । धनगढीकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत् धनगढी उपमहानगरपालिका-१ की ६३ वर्षीया संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
असोज १० गते उहाँमा कोरोना पुष्टि भएको थियो । उहाँको ‘आईसीयू’मा राखेर उपचार भइरहेको थियो ।
श्वासप्रश्वासमा समस्या भएपछि उहाँ कोरोना पुष्टि हुनु अगाडिदेखि नै सेतीमा उपचाररत् हुनुहुन्थ्यो । असोज ७ गतेदेखि उपचार भइरहेकोमा सोमबार मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
योसँगै धनगढीमा कोरोना संक्रमित मृतकको संख्या तीन पुगेको छ भने सुदूरपश्चिम प्रदेशमा २१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्