
तेहरान, असोज १२ । इरानमा कोरोनाभाइरसको महामारीको तेस्रो चरण सुरु भएको छ ।
सरकारी अधिकारीहरुले देशका ३२ प्रान्तलाई खतरापूर्ण क्षेत्रकारुपमा घोषणा गरिएको जानकारी दिएका छन् ।
मध्यपूर्वका देशमध्ये इरान कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित देशमा पर्दछ । यहाँ आइतबार थप १९५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।
इरानमा कोरोनाका कारण अहिलेसम्म २५ हजार ५८९ जनाको मृत्यु भएको छ ।
गत फेब्रुअरीमा पहिलो चरणको महामारी फैलिँदा दैनिक ३५ हजारभन्दा बढी संक्रमित भएका थिए । त्यतिबेला दुई महिनामा २०० को मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिमा साडाट लारीले अहिलेपनि दैनिक तीन हजार ३६२ भन्दा बढी संक्रमित भएको जानकारी दिनुभयो ।
इरानमा अहिलेसम्म चार लाख ४६ हजार ४४८ जना संक्रमित भएका छन् । अहिले अस्पतालमा एक हजार ३७७ जना रहेकोपनि उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्