१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सगुनको नयाँ फिचर च्याट सिस्टम ‘मुड टक’ सार्वजनिक


0
Shares

काठमाडौं । सगुन डटकमले आफ्नो नयाँ फिचर च्याट सिस्टम मुड टक ल्याएको छ ।

सगुनका सह संस्थापक तथा भारत स्थित कार्यालयकी प्रमुख स्वाती दयालले यो फिचर बनाउँदा आइपरेका अप्ठ्यारा र संघर्षका कथा लगानीकर्ताहरु माझ राख्दै उक्त फिचर संचालनबारे जानकारी गराइन ।

स्वातीले सगुनको नयाँ च्याट फिचर मुड टकको प्रत्यक्ष डेमो देखाउनुका साथै यसमा तुरुन्तै आउने अरु नयाँ फिचरहरु ग्रुपच्याट, लिंक सेयरिङ तथा भिडियो मेसेजिङ बारे जानकारी दिइन ।

संगुनका संस्थापक गोविन्द गिरीले अहोरात्र खट्ने प्राविधिक टिमलाई धन्यवाद दिए ।

सगुनका टेक्निकल हेड कपिल नवानीले सगुनले निकै अनुसन्धान र विश्लेषण गरेर कुन किसिमको प्रविधि प्रयोग गर्ने भन्ने निष्कर्षमा पुगेका बताए्र ।

च्याट प्रणालीले दक्षिण एसियाको विकट ठाउँमा पनि, निकै कमजोर इन्टरनेट सुविधा भएको ठाउँमा पनि सजिलैसँग काम गर्ने बताए्र
सगुनका डिजाइन म्यानेजर उमिर भट्टले यो प्रोडक्ट बनाउँदा मनोवैज्ञानिक अनुसन्धानदेखि अहिले चलनमा आएका प्रविधिहरू के–के छन् सबै कुरो विश्लेषण गरेर बनाएको बताए ।

उनले संस्थापक गोविन्द गिरीको सोच र विचारलाई सुनेपछि आफुहरुले त्यसलाई मूर्तरूप दिन प्रयास गरेको बताए्र ।

त्यस्तै सगुनका आइओस डेभलपमेन्ट हेड मनिष गुप्ताले निकै छोटो समयमा आफुहरुले च्याट सिस्टम विकास गरेको बताए ।

“हामीले रातदिन नसुती काम गरि रहेका छौं । गोविन्द दाइको जुन भिजन छ त्यसलाई सार्थक रुप दिनलाई हामीले जे जति गर्न सक्छौं, त्यो गर्न पाएकोमा हामी निकै खुसि छौं,” उनले भने।

त्यस्तै सगुनका एनड्रोइड डेभलपमेन्ट हेड रोह्ताश चौहानले एन्ड्रोइडमा कुनैपनि नयाँ फिचर्सहरु ल्याउन आइओएसमा भन्दा निकै अप्ठ्यारो भएको बताए ।

आइओएसमा धेरै किसिमका भर्सनहरु नभएको हुँदा त्यसमा कुनैपनि फिचर्स बनाउनु र अप्डेट गर्न सजिलो हुन्छ, तर एन्ड्रोइडमा विभिन्न किसिमका भर्सनहरु भएको हुनाले ती सबैलाई समेट्न अलि धेरै कठिनाइ र समय लाग्ने उनले बताए ।

सगुनका सहायक प्रवन्धक ओमप्रकाश श्रेष्ठले कोभिड–१९ का कारण नयां फिचर सार्वजनिक गर्नमा ढिलाई भएको बताए।

‘यो बेटा रिलिजमा पनि अझ निकै धेरै कुराहरु राख्नु छ, काम गर्न अझै निकै बाँकी छ र अब केही हप्तापछि रिलिज गरिसकेपछि सबै प्रयोगकर्ताहरुले मन पराईदिनु हुनेछ’ भने ।