१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


श्रष्टाको प्रतिष्ठा नै विवादित भएपछि पद्यमश्री र पद्यमश्री सम्मान पुरस्कार रद्द


0
Shares

काठमाडौं । खेलमलाल–हरिकला लामिछाने प्रतिष्ठानले विवाद र असहज परिस्थिति भएको भन्दै यो वर्षका लागि घोषित सम्मान तथा पुरस्कारको निर्णय रद्द गर्ने घोषणा गरेको छ ।

प्रतिष्ठानले गएको ११ असोजमा पद्यमश्री पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्यमश्री सम्मान मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको थियो ।

तर, उप्रेतीले प्रश्रितमाथि यौनहिंसाको आरोप लागेको भन्दै सुरुमा एउटै मञ्चमा पुरस्कार नलिने घोषणा गर्नुभएको छ ।

तर, पछि विवाद बढ्दै गएपछि उहाँले पुरस्कार अस्वीकारको घोषणा गर्नुभएको थियो । प्रश्रितले पनि आफ्नो बदनाम गर्न लागिएको भन्दै तत्काल पुरस्कार नलिने घोषणा गर्नुभएको थियो ।

दुवै प्रतिभाले पुरस्कार अस्वीकार गर्ने घोषणा गरेकाले आकस्मिक बैठक बसी घोषित पुरस्कार र सम्मान रद्द गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले २०६३ सालदेखि हरेक वर्ष प्रकाशित र निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको कृतिलाई पद्यमश्री पुरस्कार प्रदान गर्दै आएको छ ।

त्यस्तै २०६७ सालदेखि हरेक वर्ष लामो समय साधनारत स्रष्टालाई पद्यश्री सम्मान प्रदान गर्दै आएको छ ।

यो वर्ष पहिलोपटक पुरस्कार र सम्मान घोषणा भएर फिर्ताको निर्णय भएको हो ।