१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रदेश सांसद सिग्देललाई कोरोना


0
Shares

हेटौंडा, असोज १३ । वाग्मती प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण भएको छ ।

रुघाखोकी लागेपछि कोरोनाको ‘पीसीआर’ परीक्षण गर्दा ‘रिपोर्ट पोजिटिभ’ आएको सांसद सिग्देलले बताउनुभयो ।

यही असोज ५ गते हेटौंडाबाट काठमाडौं जानुभएका उहाँ काठमाडौंमै ‘होम आइसोलेसन’मा बस्नुभएको छ ।

उहाँको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँको परिवारमा भने कसैलाई संक्रमण नरहेको जनाइएको छ ।

उहाँ प्रतिनिधिसभा सदस्य विरोध खतिवडाकी श्रीमती तथा मिस नेपाल २०१८ शृंखला खतिवडाको आमा हुनुहुन्छ ।