१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बझाङ घटनालाई गम्भीररुपमा लिएको छु : सभामुख


0
Shares

काठमाडौं, असोज १३ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीररुपमा लिएको बताउनुभएको छ ।

मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदूरपश्चिमका संघीय सांसदहरुसँगको भेटमा उहाँले घटनालाई राज्यले चुनौतीकारुपमा लिनुपर्ने बताउनुभयो ।

सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गर्नुभयो ।

उहाँले आफ्नो तर्फबाटसमेत विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बझाङबाट प्रतिनिधिसभा सदस्य आशा कुमारी विकलगायतका सांसदहरुले सभामुख सापकोटालाई भेटेर बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरुले घटनाको निष्पक्ष छानबिन, पीडकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा ध्यानाकर्षण गराएका सभामुखको सचिवालयले जनाएको छ ।