१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सम्झनाका हत्या आरोपी सार्वजनिक, आरोपीविरुद्ध अर्कोपनि बलात्कारको जाहेरी


0
Shares

बझाङ, असोज १३ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ ।

सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई मंगलबार सार्वजनिक गरेको हो ।

यही असोज ७ गते मष्टा गाउँपालिका–२, खिकालाकी १२ वर्षीया कामीको हत्या भएको थियो ।

गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी कामीको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्नावस्थामा फेलापरेको थियो ।

आरोपी बोहराविरुद्ध अर्की एक बालिकामाथि पनि जबर्जस्ती करणी गरेको जाहेरी परेको छ । सोही ठाउँकी १३ वर्षीयालाई जबर्जस्ती करणी गरेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बोहराले बलात्कारपछि हत्या गरेको सबै प्रमाण रहेको जिकिर गर्नुभयो ।

आरोपी बोहराले भने सो विषयमा मुख खोलेका छैनन् । आरोपितका बुवा वीरबहादुरले आफ्ना छोराले अपराध गरेको भए फाँसीको सजाय दिन सकिने भएपनि दिनुपर्ने बताउनुभयो ।