१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाबाट सप्तरीका ३९ वर्षीय युवकको धरानमा मृत्यु


0
Shares

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित सप्तरीका ३९ वर्षीय एक युवकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

राजविराज नगरपालिका–४ का ती युवकको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको शंका लागेपछि ती युवकलाई विराटनगरको गोल्डेन अस्पतालबाट प्रतिष्ठानमा रिफर गरिएको थियो । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या थियो ।

असोज ९ गते प्रतिष्ठानमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसलगत्तै उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमा राखिएको थियो ।

प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले दिएको जानकारी अनुसार ती युवकमा उच्च रक्तचाप र १० वर्षदेखि मधुमेहको समस्या थियो ।

उनी मिर्गौला रोगबाट पनि पीडित भएको र डाइलायसिस पनि गराउने गरेको डा. सापकोटाले जानकारी दिनुभयो ।र