१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वामदेव गौतमको योग्यतामा प्रश्न उठाउँदै दायर भएको रिटमा सुनुवाइ हुँदै


0
Shares

NCP bamdeb gautam aayodhya conflict pm nepal KP oli

काठमाडौं । नेकपाका नेता वामदेव गौतम राष्ट्रियसभा सदस्य भएलगत्तै दायर भएको रिटमा आज(बुधबार) संवैधनिक इजलासमा सुनुवाइ हुँदैछ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको योग्यतामा प्रश्न उठाउँदै असोज ६ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

विषयविज्ञ र राष्ट्रिय जीवनमा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिलाई राष्ट्रियसभा लैजानका लागि राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था संविधानमा गरिएको र त्यसमा गौतम नपर्ने निवेदकको जिकिर छ ।

यसअघि सर्वोच्च अदालतले गौतमको नियुक्ति यथास्थितिमा राख्न आदेश गर्दै संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो ।

राष्ट्रपति कार्यालयलाई विपक्षी बनाउँदै दायर रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडाको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

असोज ७ गते आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमको मुद्दामा गम्भीर संवैधानिक प्रश्न रहेको भन्दै संवैधानिक इजलासमा पठाउन अन्तरिम आदेश जारी गरेको थियो ।

यस्तै निवेदकले गौतमको नियुक्ति बदर माग गरेकामा किन अन्तरिम आदेश जारी नहुनुपर्ने भन्दै जवाफ पेस गर्न आदेश गरेको थियो ।