१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मलेसियामा आफ्नै रेष्टुरेन्टका कर्मचारीलाई अपहरण गरी बन्धक बनाउने ‘डेबिड’काठमाडौंमा पक्राउ


0
Shares

काठमाडौं । मलेसियामा नेपालीलाई अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा प्रहरीले मोरङ सुन्दर हरैंचा नगरपालिकाका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठ काठमाडौंमा पक्राउ परेको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले उनलाई काठमाडौंको महाराजगन्जबाट पक्राउ गरेको हो ।

मलेसियामा आफ्नो रेष्टुरेन्टमा काम गर्ने दाङका मोहम्मद रैदासलाई ६ दिन अपहरण गरी शरीर बन्धक बनाएको भन्दै उनी विरुद्ध जाहेरी परेको थियो ।

पछिल्लो समय मलेसियाबाट काठमाडौं फर्किएको सूचना पाएपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।

प्रहरीका अनुसार श्रेष्ठले बिगत २२ वर्षदेखि मलेसियामा रेष्टुरेन्ट व्यवसाय संचालन गर्दै आएका थिए ।

गत जुनमा उनले रैदासलाई आफ्ना चालकको कोठामा ६ दिन बन्धक बनाएर रैदासकी श्रीमतीलाई ६० हजार रिंगेट रुपैयाँ फिरौती मागेका थिए ।

फिरौती रकम डिपोजिट गर्न रैसादका श्रीमती दाङस्थित हिमालयन बैंकमा १२ लाख रुपैयाँ लिएर बैंक पुग्दा बैकले सोधपुछ गरेपछी घटनाबारे खुलासा भएको सीआइबीका प्रमुख प्रहरी नायव महानिरिक्षक सहकुल थापाले जानकारी दिनुभयो ।