१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलात्कारपछि हत्या गरिएकी सम्झनाको आठ दिनपछि दाहसंस्कार


0
Shares

बझाङ, असोज १४ । बलात्कारपछि हत्या गरिएकी मष्टा गाउँपालिका वडा नम्बर-२, खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा-२ का २० वर्षीय राजेन्द्र बोहरालाई आरोपितकारुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव सम्झनाका आफन्तले बुझेका हुन् ।

शव बुझ्दै उनका आफन्त गोरख कामीले दोषीलाई कारबाही हुन्छ भनेर शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि संघर्ष गरिराख्ने बताउनुभयो ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको शव जलाउने सहमति भएको र गृह मन्त्रालयका सचिवले फोनमार्फत् बालिकाका आफ्न्तलाई रु १० लाख दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिनुभयो ।