२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भिटामिन ‘ए’ र ‘जुका’को औषधि मंसिरमा खुवाइने


0
Shares

काठमाडौं । राष्ट्रिय भिटामिन ए कार्यक्रम आगामी मंसिर महिनामा सञ्चालन हुने भएको छ ।

यसअघि कात्तिक महिनामा नै भिटामिन ‘ए’ र ‘जुका’को औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो ।

परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर भीम सिंह तिंकरीले मंसिर ११ र १२ गते भिटामिन ‘ए’ र ‘जुका’को औषधि खुवाउने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ ।

तर यस पटक कोरोनाको जोखिमका कारण वैशाख महिनामा कार्यक्रम हुन सकेन ।

एक महिना ढिलो गरी अभियान भएकाले अहिले पनि एक महिनापछि सरेको महाशाखाका निर्देशक डाक्टर तिंकरीले बताउनुभयो ।

६ महिनाको अन्तरमा जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।

बालबालिकालाई भिटामिन ‘ए’ र ‘जुका’को औषधिसँगै बालभिटा खुवाउनुका साथै पाखुराको नापसमेत लिइनेछ ।