२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बुटवलमा थप एक संक्रमितको मृत्यु, देशभर कोरोनाबाट मर्नेको संख्या ५१०


0
Shares

काठमाडौं । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते अस्पताल भर्ना भएका उनको उपचारका क्रममा गएराति पौने १२ बजेतिर मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

संक्रमित पुरुष दुई दिनदेखि भेन्टिलेटरमा उपचाररत थिए । योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय १० पुगेको छ ।

हिजो स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।