
इलाम । मेची राजमार्गको इलाम खण्डमा यातायात अनुगमनमा कडाई गरीएको छ ।
सरकारले तोकेको मापदण्ड पालना नभएको गुनासो बढेपछि यातायात व्यवस्था कार्यालय, जिल्ला ट्राफिक प्रहरी र नगरपालिकाको संयुक्त टोलिले अनुगमनमा कडाई गरेको हो ।
मापदण्ड विपरित यात्रु बोक्ने एक दर्जन सवारी साधनलाई कारबाहि गरिएको छ ।
सुरक्षा मापदण्ड पुरा नगरी एवं तोकिएको क्षमता भन्दा बढि यात्रु बोकेको पाइएपछि उनीहरुलाई कारवाहि गरीएको हो ।
यातायात व्यवस्था सेवा कार्यालयका निमित्त प्रमुख रविन्द्र श्रेष्ठले नियमित अनुगमनलाई प्रभावकारी बनाइने बताउनु भयो ।
जिल्लामा समेत यातायात सुरक्षा मापदण्ड कार्यविधि तयार पारि अनुगमन गरिएको हो ।
शुरुमै यात्रुको विवरण यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीमा बुझाउने समेत कार्यविधिमा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्