
कञ्चनपुर, असोज १६ । कञ्चनपुरमा राँगाको मासु खाँदा एउटै गाउँका १४ जना बिरामी भएका छन् ।
बुधबार बेलुका राँगाको मासु खाएका भीमदत्त नगरपालिका–१३, बडैपुरका १४ जना स्थानीय बिरामी भएका हुन् ।
उनीहरु सबैलाई पखाला लागेपछि बिहीबार राति महाकाली अस्पतालमा भर्ना गरिएको छ ।
बिरामी हुनेमा बडैपुरका सहवीर तामाङ, उनकी श्रीमती लक्ष्मी तामाङ, दुई छोरा हरिष र चेतन तामाङलगायत रहेका छन् ।
प्रहरीले मासु बिक्री गर्ने भीमदत्त नगरपालिका-१२ का बंगला भनिने जीत चदारोलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
चदारोले घरमै पाडो काटेर आफूले खाएको र अरुलाई पनि मासु बिक्री गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमर थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्