१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


विराटनगरमा ‘अघोषित लोडसेडिङ’


0
Shares

विराटनगर, असोज १६ । प्रदेश नम्बर-१ को राजधानी विराटनगरमा ‘अघोषित लोडसेडिङ’ सुरु भएको छ ।

दिनमा चार-पाँचपटकसम्म लामो-लामो समयसम्म बत्ती जान थालेकालाई स्थानीयले अघोषित लोडसेडिङ नै हुन थालेको दाबी गरेका छन् ।

नेपाल विद्युत् प्रधिकरण विराटनगर वितरण केन्द्रबाट ७० हजार सेवाग्राहीले विद्युत्को सेवा लिँदै आएका छन् ।

महसुल तिरेर विद्युत् प्रयोग गरिरहेका सर्वसाधारणले लोडसेडिङ हुन थालेपछि प्राधिकरणको ध्यानाकर्षण गरेपनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।

प्राधिकरणको विराटनगर वितरण केन्द्रका सूचना अधिकारी भरत केसीले भने लोडसेडिङ नभएको दाबी गर्नुभएको छ ।

विद्युत् प्रवाहमा अवरोधले विद्यार्थीको अनलाइन कक्षासमेत चौपट भएको स्थानीयको गुनासो छ ।