१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाविरुद्ध नेपालमै उत्पादित औषधिको ‘क्लिनिकल ट्रायल’ हुने


0
Shares

काठमाडौं, असोज १६ । कोरोनाभाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको ‘क्लिनिकल ट्रायल’ हुने भएको छ ।

नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड-१९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको बताएको छ ।

परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले कोभिड-१९ सँग मिल्दो भाइरसका लागि जापान, चीन, रसियालगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड-१९ को लागि पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागिएको बताउनुभयो ।

औषधि उत्पादन गरेको कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेपछि क्लिनिकल ट्रायल गरी अध्ययन गर्न परिषद्लाई मन्त्रालयले स्वीकृति दिएको उहाँले बताउनुभयो ।

आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल
यसबाहेक नेपालमै उत्पादित आयुर्वेदिक औषधिको पनि क्लिनिकल ट्रायल हुने भएको छ ।

परिषद्का सदस्यसचिव ज्ञवालीले प्रदेश नम्बर-५ र प्रदेश नम्बर-२ बाट आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल सुरु गर्न लागिएको बताउनुभयो ।

जसमा जेठी मधु (एस्टी मधु) र तीन कटु (पिप्ला, मरिच र सुठो)को धुलो मिसिएको औषधिको क्लिनिकल ट्रायल गर्न लागिएको उहाँले बताउनुभयो ।

खासगरी आयुर्वेदिक औषधिले मानिसको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने मान्यताअनुरुप क्लिनिकल ट्रायल गर्न लागिएको उहाँले स्पस्ट पाुर्नभयो ।

आयुर्वेद अस्पतालले कोरोनाका बिरामीहरुलाई सुरुदेखि नै आफैंले बनाएको विभिन्न जडीबुटी मिश्रित औषधिको प्रयोग गर्दै आएको छ ।

यो औषधिको परीक्षण सफल भए कोरोनाजस्तै भाइरसजन्य रोगका लागि औषधि बनाउने नेपाल महिलो मुलुक हुनेछ ।