
फाइल तस्वीर ।
कैलाली, असोज १६ । धनगढीकी २५ वर्षीया एकजना युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत् उहाँको शुक्रबार मृत्यु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका–९, बाँकेगाउँमा डेरा गरी बस्ने उहाँको स्थायी घर धनगढी उपमहानगरपालिका वडा नम्बर-२, सन्तोषीटोल रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँले गएको भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाब दिनुभएको थियो । भदौ ३० गते ‘रिपोर्ट पोजिटिभ’ आएको थियो । उहाँ त्यसैदिन अस्पताल भर्ना हुनुभएको थियो ।
उहाँलाई रेमडिसिभिर र प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो । उहाँको शुक्रबार अपराह्न पौने ५ मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्