
फाइल तस्वीर ।
काठमाडौं । आज(शनिबार) बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा आज सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।
पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायण काजी श्रेष्ठले बैठक भोली(आइतबार) ४ बजे सम्मका लागि स्थागित भएको जानकारी दिनुभएको छ ।
बैठकमा यसअघि तय गरिएका एजेण्डासहित सरकारले हालै गरेका राजनीतिक नियुक्तबारे पनि छलफल हुने बताइएको छ ।
सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिलाई लिएर नेकपा भित्रै नै असन्तुष्टि चुलिएको छ ।
बैठकमा यी विषय र मन्त्रिमण्डल पुनर्गठनलगायतका सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्