१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धरान र विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु


0
Shares

काठमाडौं । धरान र विराटनगरमा गरी थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २८ वर्षीया एक कोरोना संक्रमित युवतीको आज(शनिबार) बिहान मृत्यु भएको हो ।

इनरुवा–४ सुनसरीकी ती महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

ती महिलामा अन्य दीर्घरोग नरहेको बताइएको छ । बीपी प्रतिष्ठानमा परीक्षण गर्दा यही असोज ८ गते ती महिलामा संक्रमण पुष्टि भएसंगै सोही दिन अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।

यस्तै, आजै बिहान विराटनगर महानगरपालिका–३ घर भएकी ६८ वर्षीया कोरोना संक्रमित महिलाको कोशी अस्पताल कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ५ सय २२ पुगेको छ । हिजो मात्र स्वास्थ्य मन्त्रालयले कोरोनाबाट ११ जनाको मृत्यु पुष्टि गरेको थियो ।