
काठमाडौं, असोज १७ । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बस्नुभएका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार माइतीघरमा प्रदर्शन भएको छ ।
अनशनरत् डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि जीवनरक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।
अनशनको २० दिन पुग्दासमेत सरकारले केसीका मागहरु पूरा गर्न कुनै कदम नचालेको प्रदर्शनमा सहभागी युवाहरुले आरोप लगाएका छन् ।
भदौ २९ गतेबाट अनशन थाल्नुभएका डा. केसी अहिले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनरत् हुनुहुन्छ ।
माइतीघर मन्डलामा युवाहरुले ‘डा. केसीको आवाज कहिले सुन्छौ सरकार ?’ भन्दै नारासमेत लगाएका थिए ।
केसीले छबुँदे माग अघि सार्दै जुम्लाबाट अनशन सुरु गर्नुभएको हो । दुर्गममा मेडिकल कलेज खोल्नुपर्ने, विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्नेलगायतका माग उहाँले राख्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्