१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डिसहोमले ल्यायो ‘सिनेमाघर इन्टरनेसनल’


0
Shares

काठमाडौं, असोज १७ । टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोमले नेपालमै पहिलोपटक बलिउडको चलचित्र ‘पे पर भ्यू’मार्फत् नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा ल्याएको छ ।

ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय चलचित्रहरु रिलिज गर्ने उद्देश्यले डिसहोमले ‘सिनेमाघर इन्टरनेसनल ९९९’ सञ्चालनमा ल्याएकोे हो ।

विश्वका विभिन्न देशमा सफल भएको प्रविधि ‘पे पर भ्यू’ सेवा नेपालमा नै पहिलोपटक डिसहोमले सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ ।