
काठमाडौं, असोज १७ । रोटरी क्लब अफ चन्द्रागिरिले ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा ‘एक छाक खाना : हाम्रो सानो प्रयास’ कार्यक्रम सञ्चालन गरेको छ ।
शनिबार क्लबले ज्येष्ठ नागरिक, विभिन्न आश्रम र अरु संस्थाहरुमा खाद्य सामग्री सहयोग गरेको हो ।
साथै, क्लबले जेरियात्रीक सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा कोरोना महामारी र ज्येष्ठ नागरिकसम्बन्धी वेबिनार सञ्चालन गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्