१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द, पदाधिकारी बैठक स्थगित, केन्द्रीय समिति अनिश्चित


0
Shares

congress question to primeminister oli on dr kc hunger strike

काठमाडौं । केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ ।

भोलीका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको तयारी स्वरुप गरिएको कोरोना परीक्षणमा चारजना केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेसले आजदेखि असोज २२ गतेसम्म ५ दिनको लागि केन्द्रीय कार्यालय बन्द गरेको हो ।

असोज १५ गते केन्द्रीय कार्यालयमा पीसीआर परीक्षण गरिएको थियो ।

संक्रमण देखिएका कारण आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ भने भोलीका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बस्ने वा नबस्ने बारे कुनै निर्णय नभएको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।