
काठमाडौं । नेपाली कांग्रेसले डा. गोविन्द केसीले राख्नुभएका मागहरु जायज भएको भन्दै ऐक्वद्धता जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले डा. केसीको मागहरुमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रुपमा विज्ञप्ती जारी गरिसकेको बताउनुभयो ।
डा. केसीले विगत देखि नै जायज माग राख्दै आउनुभएको र कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश मागहरु पुरा हुने पनि उहाँले बताउनुभयो ।
पछिल्लो समय पीसीआर परिक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा नयाँ जायज माग राख्नुभएकाले सरकारले तत्काल वार्ता गरी सुनुवाई गर्नुपर्ने उहाँको भनाई छ ।
संसदको विशेष अधिवेशन बोलाउने सन्दर्भमा कांग्रेसले औपचारिक निर्णय गरिनसकेको प्रवक्ता शर्माले बताउनुभयो ।
यद्दपी जनजीवन चलिरहेको अवस्थामा भौतिक दुरी कायम राखेर संसद अधिवेशन चलाउनुपर्ने उहाँले बताउनुभयो ।
विदेशबाट नेपालीहरु फर्कन नपाएको अवस्था, चाडपर्वमा बजारमा हुने महँगी, अस्पतालमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था लगायतका विषयमा सरकारले संसद अधिवेशन बोलाएर नागरिकका कुरा राख्न मार्गनिर्देश गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।
यो विषयमा पनि केन्द्रीय कार्यसमितिले औपचारिक निर्णय गर्नेपनि प्रवक्ता शर्माले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्