१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजधानी सार्ने प्रस्तावका विरुद्ध बुटवलमा विरोध, निषेधित क्षेत्रमै प्रदर्शन


0
Shares

काठमाडौं । दाङमा राजधानी सार्ने प्रस्तावका विरुद्ध बुटवलमा विरोध भएको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावका विरोधमा बुटवलमा दुई दर्जन बढी संस्थाहरुले संयुक्त प्रदर्शन गरेका छन् ।

प्रशासनले निषेधाज्ञा जारी गरेपनि उनिहरुले प्रर्दशन गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी चार दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

तर निषेधित क्षेत्रमै प्रदर्शन भएको हो । रुपन्देहीलाई राजधानी कायम गर्न माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनमा उद्योगी, व्यवसायी एवं सर्वसाधारणको सहभागिता रहेको छ ।

बुटवल राजमार्ग चौराहाबाट सुरु भएको विरोध र्‍याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा सहभागीहरुले कोरोना महामारीको असहज परिस्थितिको मौका छोपेर मुख्यमन्त्री पोखरेलको स्वार्थमा राजधानी दाङ सार्ने प्रयास भएको आरोप लगाएका थिए ।

रुपन्देहीमा पूर्वाधारका लागि भएको करोडौं लगानी खेर जाने गरी निहित स्वार्थमा यस्तो प्रस्ताव गरिएको भन्दै उनिहरुले आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।

प्रस्तावको विरोधमा कांग्रेसले आज रुपन्देही बन्दको आह्वान गरेको छ ।

साथै, व्यवसायिक संस्थाहरुको सञ्जालले पनि भोली प्रदेश पाँचमा पर्ने साविक लुम्बिनी अञ्चलका ६ जिल्ला बन्दको आहृवान गरेको छ ।