१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


बिन्दुको गीतमा नाजिरसँग जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्माको रोमान्स


0
Shares

काठमाडौ । ‘पर्ख पर्ख मायालु’ ‘पहिलो नम्बरमा’ लगायतका लोकप्रिय गीतकी गायिका बिन्दु परियारको नयाँ गीत ‘माया गर्छु है’ को भिडियो सार्वजनिक भएको छ ।

प्रेम रोमान्सले भरिएको रोमान्टिक गीतका शब्द शृजना एकनारायण भन्डारीका हुन् भने गीतमा सुदिप सागरको एरेन्ज र संगीत रहेको छ ।

जसमा अभिनय टिकटकबाट चर्चा कमाएर म्यूजिक भिडियोमा एकपछि अर्को गर्दै सशक्त अभिनय गर्न सफल जुम्ल्याहा दिदी बहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको साथमा चलचित्र र म्युजिक भिडियोमार्फत दर्शकको मन जितेका अभिनेता नाजिर हुसेनको अभिनय रहेको छ ।

सान थापाले निर्देशन गरेको भिडियोलाई राजिव समर कोरियोग्राफी गरेका हुन् ।

अर्जुन तिवारी र उनको समूहले खिचेको भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन गरेका हुन् ।

निकै रमाइलो र सुन्दर यस म्युजिक भिडियो गायिका परियारको युट्युब च्यानलमा उपलब्ध छ ।

भिडियो