
खोटाङ । दिक्तेल वजारमा म्याद नाघेका अखाद्यवस्तु बरामद गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६८ वटा पसल अनुगमन गर्दा म्याद नाघेका अखाद्यवस्तु बरामद गरेर नष्ट गरेको छ ।
चाडबाड नजिकिँदै गरेका बेला बजार अनुगमन बढाइएको हो । अनुगमनका क्रममा करिव १७ हजार रुपयाँ बराबरको अखाद्यवस्तु बरामद गरि नष्ट गरिएको बजार अनुगमन टोली संयोजक सिताराम खतिवडाले जानकारी दिनुभयो ।
म्याद नाघेका अधिकांस खाद्यवस्तुमा चकलेट, बिस्कुट, चाउचाउदेखि पानीसम्म फेला परेका छन ।
६८ वटा पसल अनुगमन गर्दा कतिपयले प्यान भ्याट उल्लेख नगरेकोे , मुल्यसुची नराखी विक्रि गरेको साइनबोर्ड नराखेको, नापतौलको प्रमाण नभएको र खरिद बिल नै नभएको पाइएको बजार अनुगमन टोली तथा घरेलू तथा साना उद्योगका अधिकृत भेषराज खत्रीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्