
फाइल तस्वीर ।
चितवन । अनसनरत डाक्टर गोविन्द केसीको माग सम्वोधन सहित जीवन रक्षाको आह्वान गर्दे चितवनमा प्रदर्शन गरीएको छ ।
सचेत नागरिक समाज चितवनको आयोजनामा भएको प्रदर्शनमा नागरिक समाजलगायत बिभिन्न संघ संस्थाको सहभागिता रहेको थियो ।
चौबिसकोटीमा भेला भएका उनीहरुले डाक्टर केसीको जीवन रक्षा गर, केसीका माग अबिलम्ब सम्बोधन गर, लगायतका प्लेकार्ड र नारा लगाएका थिए ।
अभियन्ता दिनेश कोइरालाले डाक्टर केसीको सत्याग्रहमा सबै नेपालीको समर्थन रहेको बताउनुभयो ।
समाजले चितवनका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै डाक्टर केसीका माग सम्वोधन गर्न दबाब समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्