
काठमाडौं । धरान, झापा र चितवनमा गरी थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको हो ।
–१५ का ५५ वर्षीय पुरुषको बिहान पौने ७ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिनुभएको हो ।
यस्तै, हिजो राती लालबन्दी नगरपालिका वडा नं ८ का ४२ वर्षीय एक सङ्क्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।
यही असोज १५ गते कलेजोमा समस्या भई अस्पताल भर्ना भएका उनको असोज १७ गते कोरोना पुष्टि भएको थियो ।
कोभिड आइसियू कक्षमा राखी उपचार हुँदाहुँदै हिजो साँझ साढें ५ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालले जानकारी दिनुभयो ।
यसैगरी, झापाको विर्तामोड नगरपालिका–५ मा कोरोनाका कारण एक वृद्धको मृत्यु भएको छ ।
८२ वर्षीय वृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा हिजो मृत्यु भएको विर्तामोड स्वास्थ्य शाखाका कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले बताउनुभयो ।
यो संगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ३८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्