
काठमाडौं, असोज १९ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीको नाममा ठगी गरेर फरार रहेका एकजनालाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ का भीमबहादुर तामाङलाई आइतबार दिउँसो बौद्धबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनुभयो ।
सोही मुद्दाका फरार प्रतिवादी तुलबहादुर तामाङलाई महाशाखाको टोलीले यही असोज १६ गते डिल्लीबजारबाट पक्राउ गरिसकेको छ ।
तामाङद्वयले सृजना दोङसमेतका व्यक्तिलाई विदेश पठाउने भन्दै ४६ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।
उक्त कसुरमा २०७४ भदौ ११ गते अदालतले उनलाई एक वर्ष छ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्