
नवलपरासी, असोज १९ । प्रदेश नम्बर-५ सरकारले प्रस्ताव गरेको प्रदेश राजधानीविरुद्ध पश्चिम नवलपरासीमा पनि विरोध प्रदर्शन सुरु भएको छ ।
प्रदेश-५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरेको विरोधमा सोमबार नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेका हुन् ।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले राजधानी र प्रदेशको नाम दुवैप्रति असहमति जनाउँदै परासीमा सरकारविरोधी नारासहित प्रदर्शन गरेको छ ।
सरकारले प्रस्ताव गरेको लुम्बिनी नामलाई परिवर्तन गरेर मधेस थरूहट प्रदेश राख्नुपर्ने जसपाको माग छ ।
त्यस्तै, राजधानी बुटवल हुनुपर्ने उनीहरूको माग छ ।
प्रतिक्रिया दिनुहोस्