१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शवबाट कोरोना फैलिन सक्छ ?


0
Shares

काठमाडौं, असोज १९ । विश्वभरका चिकित्सकहरुले मानिसको शवले कोरोनाभाइरस फैलाउन नसक्ने बताउँदै आएका छन् ।

मृत शरीरले अरु व्यक्तिमा संक्रमण सार्न नसक्ने चिकित्सकको भनाइ हो ।

‘मृतकको फोक्सोमा कोभिड-१९ को भाइरस हुनसक्छ । तर, मृतकले सास पनि नफेर्ने र नखोक्ने भएको हुनाले भाइरस सर्ने सम्भावना हुँदैन’-डा. संगीता मिश्राले भन्नुभयो ।

मृत शरीरलाई साधारणरुपले चलाउँदैमा वा सार्दैमा मानिसमा कोरोना नसर्ने उहाँले बताउनुभयो ।

‘तर, यसको अर्थ कुनै सावधानी नअपनाउनु भनेको होइन’-उहाँले भन्नुभयो-‘शवको सम्पर्कमा आएका व्यक्तिहरुले हातहरु साबुन-पानीले धुनुपर्दछ वा अल्कोहलयुक्त स्यानिटाइजर प्रयोग गर्नुपर्दछ । र, मास्क पनि लगाउनुपर्दछ ।’

कोरोनाबाट बच्न कुनैपनि अवस्थामा त्यससम्बन्धी आधारभूत सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो । ‘तर, मृत शरीरले आफैंलेचाहिँ यो रोग फैलाउँदैन’-डा. मिश्राले भन्नुभयो ।