१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्वका १० प्रतिशत मानिसलाई कोरोना संक्रमण हुनसक्ने : डब्लुएचओ


0
Shares

who warn on vaccine

काठमाडौं । विश्वका १० प्रतिशत मानिसलाई कोरोना भाइरसको संक्रमण हुनसक्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ ।

स्विट्जरल्याण्डको जेनेभामा आयोजित संगठनको शिर्ष नेताहरुको विशेष बैठकमा कोरोनाबारे यस्तो डरलाग्दो तथ्यांक अनुमान गरिएको हो ।

संसारका हरेक १० मध्ये १ जना भाइरसको सम्पर्कमा आएको हनुसक्ने डब्लुएचओको अनुमान छ ।

यो अनुमान सही प्रमाणित भएमा संसारका अधिकांश नागरिक चरम स्वास्थ्य संकटसँग जुध्नुपर्नेछ ।

हाल विश्वभर पुष्टी भएका कोरोना संक्रमितको संख्या ३५ मिलियन अर्थात ३ करोड ५० लाखको सेरोफेरोमा छ ।

नयाँ अनुमान अनुसार यो संख्या ८ सय मिलियन अर्थात ८० करोड हुनसक्छ ।

संक्रमण सुरु भएको १० महिना बितिसक्दा अन्त्यको कुनै लक्षण देखिएको छ ।

विश्वका कतियपय देशहरु अहिले कोरोना संक्रमणको दोस्रो लहरसँग जुधिरहेका छन् ।(एजेन्सी)