
बुटवल । नेपाली कंग्रेसले प्रदेश ५ को राजधानी दाङको भालुबाङ राख्ने प्रस्तावको बिपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
मंगलबार बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप जारी गरेको हो ।
तर नेपाली कांग्रेसको राप्ती पारीका सांसदहरुले भने पार्टीको ह्वीप नमान्ने बताएका छन् । उनीहरुले पार्टीको कारवाही स्वीकार गर्ने तर विपक्षमा मतदान नगर्ने बताएका हुन् ।
यता, प्रदेश ५ मा सोमबार स्थगित भएको प्रदेश सभा बैठक आज दिउँसो १२ बजे बस्दैछ ।
सोमबारको बैठकमा असन्तुष्ट काँग्रेस सांसदहरुले सभा हलको कुर्सी र माइक समेत तोडफोड गरेका थिए ।
सोमबार रोकिएको बैठक सकिएपछिको १८ घण्टे समयावधि साढे १० बजे सकिएको छ ।
उक्त समयमा संसोधन प्रस्ताव आएपनि पहिले सरकारले १६ गते पेस गरेको मुल प्रस्तावमा निर्वाचन हुने प्रदेश ५ सभामुख पूर्ण बहादुर घर्तीले जानकारी गराउनुभएको छ ।
सभामुख घर्तीले प्रदेश ५ का आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले पेश गरेको प्रदेश ५ को नाम र स्थायी राजधानीको प्रस्तावमा मतदान हुने जानकारी दिनुभएको छ ।
मन्त्री केसीले गरेको प्रस्तावमा राजधानीको नाम लुम्बिनी र स्थायी राजधानी भागुवाङ रहने छ ।
यदि मन्त्रीको प्रस्तावमा दुई तिहाई नपुगेमा बल्ल संसोधन प्रस्तावमा मतदान प्रक्रिया अगाडि बढ्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेशसभामा नेकपामा ६१ सांसद छन् । नाम र राजधानी टुुंगो लगाउन दुई तिहाई अर्थात ५७ जनाको मत आवश्यक पर्छ । यसअघि नेकपाले प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्